अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

नेपाल महिला टी–२० विश्वकपको ग्लोबल छनोट हुन असफल, युएईसँग ४८ रनले पराजित

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:५९ मा प्रकाशित

नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट हुन असफल भएको छ । आज दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा भएको एसिया छनोटमा युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा सकिएको हो ।

जितका लागि १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ७९ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ् गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो ।

 

प्रतिक्रिया