अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

कोलोराडोका वसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७८ असोज १६ गते २०:१९ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली साङ्गीतिक छेत्रमा सक्रिय सङ्गीतकार एवम् गीतकार वसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ ।

देश प्रेम र विदेशी जीवनको भोगाइलाई समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।
सन्तोष गिरीको जीवन्त अभिनय रहेको भिडियोलाई अमेरिका छायाङ्कन गरिएको हो जसलाई बहुचर्चित निर्देशक भूषण दाहालको निर्देशन गरेका हुन् । विनोद केसी र सुजन शाहको सिनेमाटोग्राफी र पदम तिमिल्सिनाको सम्पादन रहेको ‘भन्छौ रे देश ‘को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Video:

प्रतिक्रिया