अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

प्रिमियर लिग– टोटनह्यामलाई हराउँदै चेल्सी शिर्ष स्थानमा

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५५ मा प्रकाशित

टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।

जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । समान १३ अंक जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि १३ अंक नैं छ । गएरातिको खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो ।

उसका लागि क्रिश्चियानो रोनाल्डो र जेस्सी लिंगार्डले एक एक गोल गरे । वेष्ट ह्यामका साइद बेन्राहमाले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ ले पराजित गर्यो ।

प्रतिक्रिया