अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्ने

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:२६ मा प्रकाशित

ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको यो खेल नेपाली सयम अनुसार अपरान्ह सवा ४ बजे अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी श्रृंखलामा नेपालको यो चौथो खेल हो । यसअघिका तिनमध्ये दुई खेलमा नेपाल हारेको छ भने एक खेल जितेको छ । अमेरिकासँग एक खेल हार्दै एक खेल जितेको नेपाल ओमानसँग भने ५ विकेटले पराजित भएको थियो । नेपाल आजको खेल जित्दै ओमानविस्द्ध लगातार हारको श्रृंखला अन्त्य गर्न चाहन्छ । तर विश्वकप लिग दुई क्रिकेटमा सबैभन्दा बलियो टोली ओमान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।

प्रतिक्रिया