अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

एएफसी महिला एसिया कप छनोटमा नेपालले शनिबार फिलिपिन्ससँग खेल्दै

बिआरटीनेपाल २०७८ असोज १ गते ७:४६ मा प्रकाशित

एएफसी महिला एसिया कप–२०२२ छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले शनिबार फिलिपिन्ससँग खेल्दैछ । खेल उज्वेकिस्तानकोे जेएआर स्टेडियममा शनिबार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।छनोट चरणको समूह ‘एफ’मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङसँग खेल्नेछ । यो समूहको अन्तिम खेलमा फिलिपिन्स र हङकङले असोज ८ गते खेल्नेछन् । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कप खेल्नेछ ।

कप्तान रेनुका नगरकोटी टिमको मुख्य उदेश्य छनोट हुनु नै रहेको बताउँछिन् । पहिलो पटक नेपाली टोलीले विदेशी प्रशिक्षक ग्यारी फिलिप्सलाई पाएको छ । फिलिप्सले भने दुवै खेल नजिती छनोट नहुने भएकाले यात्रा चुनौतीपूर्ण भएको बताएका छन् ।

फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ । कोरोना भाइरसको महामारीका कारण विना दर्शक नै खेल हुनेछ । त्यसैगरी पत्रकार सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ भने पत्रकारलाई समेत मैदानमा अनुमति नभएको बताइएको छ । खेलाडीहरूलाई अभ्यास गर्न बाहेक होटलबाट बाहिर निस्कन दिइएको छैन ।

प्रतिक्रिया