अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

गण्डकी प्रदेशमा कोरोना संक्रमित घट्दै – थप १५७ जनामा संक्रमण, ३४४ संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ भदौ १८ गते ६:५८ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । शुक्रबार गण्डकीका १ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि हुनेमा गण्डकीका प्रदेश अन्तरगत कास्कीका ८५ जना, तनहुँका १० जना, गोरखाका ९ जना, लमजुङका १० जना र नवलपुरका १३ जना रहेको प्रदेश स्वास्थय निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै स्याङ्गजाका २१ जना, पर्वतका २ जना, बागलुङका २ जना र म्याग्दी जिल्लाका ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ।

शुक्रबार गण्डकीमा ५ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका १ जना, पर्वतका १ जना र कास्की पोखराका ३ जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३०६ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू