अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

आज चार प्रदेशका एक/दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

बिआरटीनेपाल २०७८ भदौ १७ गते २१:४७ मा प्रकाशित

आज चार प्रदेशका एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। आज दिउँसाे वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो ।  काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू