अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

नेपाली क्रिकेटर पारस खड्काद्धारा सन्यास घोषणा, नेपाली क्रिकेटको स्वर्ण युग अन्त्य

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:४४ मा प्रकाशित

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । आधुनिक नेपाली क्रिकेटको सबैभन्दा सफल खेलाडी पारसले सन्यास लिएसँगै नेपाली क्रिकेटको एउटा स्वर्ण युगको अन्त्य भएको छ ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले मंगलबार बिहान सामाजिक सञ्जालमाफर्त आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । पारसले सन् २००४ मा १५ वर्षको उमेरमा राष्ट्रिय टिम डेब्यु गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ मा आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो । जुन नेपाली क्रिकेटले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो । जसले पारसलाई आधुनिक नेपाली क्रिकेटको सबैभन्दा सफल खेलाडी पनि बनाइदियो ।

नेपालका लागि झण्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । सन् २००९ मा कप्तानको जिम्मेवारी सम्हालेका पारसले २०१९ मा सो पद छाडेका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी ट्वेन्टी–ट्वेन्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

३३ वर्षीय पारसले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र १५ ट्वेन्टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । पारसले एकदिवसीयमा २ सय ३५ रन बनाउँदा ९ विकेट लिएका छन् । ट्वेन्टी–ट्वेन्टीमा उनले ७ सय ७४ रन जोड्दा २ विकेट लिएका छन् । पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४० लिस्ट ‘ए’ खेल खेलेका छन् ।

नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए । पारसकै कप्तानीमा नेपालले ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको थियो । पारस एकदिवसिय र टी–२० आई दुवैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । उनले एक दिवसियमा २०१९ मा यूएई र त्यसै वर्ष सिंगापुरविरुद्ध टी–२० आइमा शतक प्रहार गरेका थिए ।

पारसले नेपालबाट १० एक दिवसिय, ३३ टी–२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टी–२० क्रिकेट खेलेका छन् । एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए ।

संयोगवश पारसले पहिलो एकदिवसिय खेल जितेकै दिन सन्यास लिएका छन् । २०१८ अगष्टको ३ मा पारसको कप्तानीमा नेपालले नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक एक दिवसिय खेल जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकटबाट सन्यास घोषणा गरेपनि पारसले घरेलु प्रतियोगिता खेल्ने सम्भावना भने रहेको छ । पारसले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै नेपाली क्रिकेटको एउटा स्वर्ण युगको अन्त्य भएको छ ।

प्रतिक्रिया