अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:०३ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । प्रवक्ता राईले आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनुभएका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गर्नुभएको हो ।

विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि राई पनि असन्तुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया