अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

टोकियो ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण पदक

बिआरटीनेपाल २०७८ साउन ९ गते ३:२७ मा प्रकाशित

टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ । आज बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराइन् ।

याङले २ सय ५१ दशमलव ८ अङ्क जोड्दै पहिलो स्वर्ण पदक जितेकी हुन् । ग्यालासिनाले रजत पदक प्राप्त गरिन् । यसै स्पर्धाको छनोटमा खेलेकी नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन् ।  राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।

प्रतिक्रिया