अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा

बिआरटीनेपाल २०७८ साउन ८ गते ९:०९ मा प्रकाशित

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको भब्य उद्घाटन भएको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ । ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।

गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विश्वका २ सय ४ देशबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् ।

विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो गरी भइरहेको हो । कोरोना महामारीले गत वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।

 

प्रतिक्रिया