अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

आजदेखि युरोकप शुरू (खेल समूह र तालिकासहित)

बिआरटीनेपाल २०७८ जेठ २८ गते ८:४३ मा प्रकाशित

यस वर्षको युरोकप फुटबल आजदेखि शुरु हुँदैछ । विश्वका फुटबल प्रेमीहरूको लामो प्रतिक्षापछि युरोपेली च्याम्पियनसिप अर्थात् युरोकप आजबाट शुरु हुन लागेको हो।

आज इटालीको राजधानी रोममा हुन गइरहेको टर्की र इटालीको म्याचबाट युरोकपको उद्घाटन हुँनेछ।

६० वर्षदेखि चल्दै आएको युरोकपको यस १६ औं संस्करणमा जम्मा २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता ११ देशका विभिन्न मैदानहरूमा हुन लागेको छ । सहभागी २४ मध्ये ९ टिमले विगतका खेलमा विजय हासिल गरिसकेका छन्।

युरोकपको समय तालिका यस प्रकार हुनेछ :

समूह चरण :  जुन ११–जुन २३
राउन्ड अफ सिक्सटिन :  जुन २६–जुन २९
क्वार्टर फाइनल :  जुलाई २–जुलाई ३
सेमिफाइनल :  जुलाई ६–जुलाई ७
फाइनल :  जुलाई ११

यस्तो छ समूह विभाजन 
२४ टिमलाई चार–चारका दरले ६ वटा समूहमा विभाजन गरिएको छ। समूह विभाजन यस प्रकार रहेको छः

समूह ए :  इटाली, टर्की, स्वीजरल्याण्ड, वेल्स
समूह बी :  बेल्जियम, डेनमार्क, रसिया, फिनल्याण्ड
समूह सी :  नेदरल्याण्ड्स, अष्ट्रिया, युक्रेन, म्यासेडोनिया
समूह डी :  इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक, स्कटल्याण्ड
समूह ई :  स्पेन, पोल्याण्ड, स्वीडेन, स्लोभाकिया
समूह एफ :  जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी

प्रतिक्रिया