अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

खेल क्षेत्रका व्यक्तिहरूलाई पनि खोप लगाउन प्राथमिकता दिने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

बिआरटीनेपाल २०७८ जेठ २६ गते ७:५६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताउनुभएको छ । बुधबार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताउनुभएको हो ।

तामाङले सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताउनुभयो । खोपको सीमितताले उमेर समूहलाई छुट्याएर लगाउन परिरहेको बताउँदै उहाँले केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार आउने जानकारी गराउनुभयो । मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया