अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

इरानसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०५ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ–एन्फाले इरानविरुद्ध हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।नेपाल सुपर लिग–एनएसएल शनिबार सकिएलगत्तै एन्फाले राष्ट्रिय टोलीको तयारी सुरु गर्न लागेको हो। नेपालले इरानसँग मे २९ तारिखमा मैत्रीपूर्ण खेल खेल्दै छ।

त्यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ। बन्द प्रशक्षणका लागि बोलाइएका खेलाडीहरुमा गोलकिपरतर्फ किरण कुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल सुनार तथा डिफेन्डरतर्फ रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, कमल थापा , सुमन अर्याल र अमित तामाङ रहेका छन्।

यसैगरि मिडफिल्डरमा मनिष डाँगी, एरिक विष्ट, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, अन्जन विष्ट, सुमन लामा, पुजन उपरकोटी, आयुष घलान, नितिन थापा र सुरज ज्यू ठकुरी र फरवार्डमा दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन्।

प्रतिक्रिया