अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ८:१६ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको हो ।पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो गोन्जालेज लोपेजले एक एक गोल गरि बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

तर दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्तेका गोन्जालो मेलेरो र जोसे लुइज मोरालेसले गोल गरि खेल २–२ को बराबरीमा ल्याए ।६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरि पुनः बार्सिलोनालाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा लेभान्तेका सर्जिओ लिअनले बराबरी गोल गरे ।

बराबरीसंगै दोस्रो स्थानको बार्सिलेनाको दुई खेल बाँकी छंदा ७६ अंक भएको छ ।तीन खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ र तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ । ला लिगा अन्तर्गत गएराति भएका अन्य अन्य खेलहरुमा ओसासुनाले काडिजलाई ३–२ ले र एलाभेसले एल्चीलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया