अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

क्रिकेटर कुशल भुर्तेल आईसीसीको प्लेयर अफ दि मन्थ अवार्डको मनोनयनमा

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:३४ मा प्रकाशित

नेपालका युवा ब्याट्स म्यान कुशल भुर्तेल आईसीसीको प्लेयर अफ दि मन्थ अवार्डको मनोनयनमा पर्नुभएको छ । कुशल अप्रिल महिनाको प्लेयर अफ दि मन्थ अवार्डका लागि मनोनयनमा पर्नुभएको हो । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा पर्नुभएको हो ।

नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाउनुभएको थियो । कुशल टी – ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहनुभएको छ । अवार्डका लागि कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन् । आईसीसीले समर्थकको भोटका आधारमा विजेता चयन गर्नेछ ।

प्रतिक्रिया