अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

त्रिकोणात्मक टी २० सिरिजको ट्रफी सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ९:०२ मा प्रकाशित

नेपालमा भोलीदेखि सुरु हुने त्रिकोणात्मक टी २० सिरिजको उपाधि जित्ने टिमले पाउने ट्रफी सार्वजनिक गरिएको छ । कोरोनाको महामारी नेपालमा कायमै हुँदा विशेष सावधानीका साथ आयोजना हुन लागेको यो सिरिजमा नेपालसँग मलेसिया, नेदरल्याण्ड्स खेल्नेछन । प्रतियोगितामा भोली नेपालले नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्सँग पहिलो पटक खेल्दैछ । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले तयारीको समय छोटो भएको भएपनि पछिल्लो पटक एकपछि अर्को घरेलु प्रतियोगिता खेलेकाले सबै खेलाडी राम्रो लयमा रहेको र उपाधि जित्ने लक्ष्य नै रहेको बताउनुभएको छ ।

प्रतिक्रिया