अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

एपीएफलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कप फुटबलको फाइनलमा

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०१ मा प्रकाशित

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे ।

सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया