अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

प्रिमियर लिगमा म्यान सिटीलाई १५ अंकको अग्रता

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२८ मा प्रकाशित

इंग्लीश प्रिमियर क्लब म्यान्चेस्टर सिटीले लगातार २१ औं जित निकालेको छ । गत डिसेम्बर १५ यता खेलेका सबै प्रतियोगिताको सबै खेल जितेको म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा पनि १५ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–१ ले हरायो । सिटीका लागि ग्याब्रियल जिससले दुई गोल गर्दा रियाद माहारेजले एक गोल थपे ।

अर्को एक गोल वुल्भरह्याम्पटनका डेन्डोन्करले आत्माघाति स्वरुप गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू