अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

अनेसास महिला केन्द्रीय समितिले विश्व नारी दिवसको अवसरमा भव्य साहित्यिक कार्यक्रम गर्ने

आचार्य प्रभा २०७७ फागुन १६ गते १२:०८ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला केन्द्रीय समितिको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस यही मार्च ७ तारिख २०२१ आइतबार बिहानको केन्द्रीय समय ८ बजेदेखि ११ बजेसम्म (नेपाली समय बेलुका ७:४५ देखि १०:४५ सम्म) विशेष साहित्यिक कार्यक्रम जुम लिङ्क मार्फत भब्यताकोसाथ मनाउने महिला केन्द्रीय समितिले निर्णय गरेको छ।

“महिला नेतृत्वमा कोभिड जगत् र विश्वमा समान भविष्यको प्राप्तिको स्लोगन सहित विश्वभर कोभिड १९ ले मानव जगत् त्रसित भएर बाँच्नु परेको अवस्थालाई मध्यनजर गरी महिला समितिले नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम गरेर केही उत्साह र ऊर्जा थप्ने प्रतिबद्धता गरेको हो। यसै आह्वानको साथमा विश्वभर छरिएर रहनु भएका सबै साहित्यानुरागीहरुलाई विश्व नारी दिवस सफल गर्न र गराउन यस साहित्यिक कार्यक्रममा उपस्थिति जनाउन पनि आग्रह गरिएको छ ।

विभिन्न सङ्घ,संस्थामा आबद्ध भई आ-आफ्ना नेतृत्वमा सफलता हासिल गर्नु भएका महिला नेत्रीहरूको सहभागिता हुने पनि संयोजक उर्मिला निर्दोषीले जानकारी गराउनु भएको छ कार्यक्रममा सहभागी हुन सहजताको लागि शीघ्र जुम लिङ्क उपलब्ध गराउने निर्णय पनि आयोजकले जनाएको छ ।