अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:२३ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

गतवर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि महिला टोली प्रशिक्षक विहीन थियो । एन्फाको टेक्निकल कमिटिले आज फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरे सँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षक पाएको हो । यसअघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहनु भएको थियो ।

प्रतिक्रिया