अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

स्पेनिस लिग फुटवल– रियाल मड्रिड विजयी

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१८ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । भालाडोलिडको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे ।

जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिडमाथि दबाब बढाएको छ । स्पेनिस लिगमा २३ खेलबाट एथ्लेटिकोले ५५ अंक जोडेको छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको ५२ अंक छ ।

गएराति भएको खेलमा एथ्लेटिकोलाई लेभान्तेले २–० ले पराजित ग¥यो । ला लिगाकै अन्य खेलहरुमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले हराउँदा एल्चेले आइबारमाथि १–० को जित निकाल्यो ।

प्रतिक्रिया