अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

इंग्लीश प्रिमियर लिग – आर्सनलको विजयी यात्रा रोकियो

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको जितको यात्रा रोकिएको छ । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित निकालेको आर्सनललाई गएराति भएको प्रिमियर लिगको खेलमा क्रिष्टल प्यालेसले बराबरीमा रोकेको हो ।

आर्सनलको मैदानमा भएको लण्डन डर्बी गोलरहित बराबरीमा टुंगिएपछि दुवै टोलीले अंक बाँडे । यो बराबरीपछि आर्सनल १८ खेलबाट २४ अंक जोड्दै तालिकाको ११ औं स्थानमै अडिएको छ । २३ अंकका साथ क्रिष्टल प्यालेस १३ औं स्थानमा छ । १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

प्रतिक्रिया