अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७७ माघ १ गते ७:१५ मा प्रकाशित

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । सम्पन्न पछिल्लो खेलमा रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गरेका थिए । त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल भए ।

साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग प्रतिस्पर्धा गर्ने छ । खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, डी जोङले नै ५१ औं मिनेटमा डी बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गरेका थिए ।

प्रतिक्रिया