अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ पुष २ गते ७:०१ मा प्रकाशित

टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानका उक्लिएको छ ।गएराती आफ्नै मैदान एन्फील्डमा भएको खेलमा ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मीनोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि लिभरपुल २–१ ले विजयी भयो ।

यसअघि लिभरपुलका लागि मोहोमद सालाहले पहिलो गोल गरेका थिए भने टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काएका थिए । जितपछि लिभरपुलले प्रिमियर लिग फुटबलको अंक तालिकाको शिर्ष स्थानमा टोटनह्यामसँग ३ अंकको अग्रता लिएको छ ।

१३ खेलबाट लिभरपुलको २८ अंक भएको छ भने दोस्रो स्थानको टोटनह्यामको २५ अंक छ ।प्रियिमर लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एभर्टनले लेष्टर सिटीलाई २–० ले हराउँदा आर्सनलले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ । यसैगरी लिड्स युनाईटेडले न्युकासल युनाईटेडलाई ५–२ ले हराउँदा वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेले ।

प्रतिक्रिया