अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:१५ मा प्रकाशित

पोखरामा आयोजना हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आउँदो फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत् स्वीमिङ, सुटिङ र हक्कीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङका लागि टेन्डर पारित भएको छ भने हक्कीका लागि जग्गा खोज्ने कार्य भइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपि, खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया