अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

लिभरपुल र एफसी च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:५४ मा प्रकाशित

इंग्लीश फुटबल क्लब लिभरपुल र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘डी’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई १–० ले हराउँदै लिभरपुल राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले डेनमार्कको एफ.सी मिडेल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो । उता समुह ‘सी’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको पोर्चुगलको एफसी पोर्टो नक आउट चरणमा पुगेको छ ।

यो समुहबाट म्यान्चेस्टर सिटी यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । गएराति भएको समुह ‘ए’ का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले स्पेनको एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेल्दा अष्ट्रियाको साल्जवर्गले रुसको लोकोमोटिभ मस्कोलाई ३–१ ले पाखा लगायो ।

यसैगरी समुह ‘बी’ को खेलमा युक्रेनको शख्तरले स्पेनको रियाल मड्रिडलाई २–० ले हराउँदा इटालीको इन्टर मिलानले जर्मनीको बोरुसिया एम्ब्याचलाई ३–२ ले पराजित ग¥यो ।

प्रतिक्रिया