अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

च्याम्पियन्स लिग – बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नक आउट चरणमा

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१३ मा प्रकाशित

जर्मनीको बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।समुह ‘ए’ को खेलमा अष्ट्रियाको साल्जवर्गलाई ३–१ ले हराउँदै बायर्न राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको हो । यही समुहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र रुसको लोकोमोटिभ मस्कोले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी समुह ‘सी’ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि अन्तिम १६ मा पुगेको छ ।समुहको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मार्सेलाई २–० ले हरायो । युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातीको अर्को खेलमा इंग्ल्याण्डको लिभरपुल पराजित भएको छ ।

समुह ‘डी’ को खेलमा लिरभपुललाई उसैको मैदानमा इटालीको एटलान्टाले २–० ले हराएको हो ।यही समुहको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्सले डेनमार्कको एफ.सी मिडेल्याण्डलाई ३–१ ले पाखा लगायो । यसैगरी समुह ‘बि’ को खेलमा स्पेनको रियाल मड्रिडले इटालीको इन्टर मिलानलाई २–० ले हराउँदा जर्मनीको बोरुसीया एम्ब्याचले युक्रेनको शख्तरलाई ४–० ले हरायो ।

प्रतिक्रिया