अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

विश्वकप छनौटः ब्राजिलको विजयी यात्रा जारी, उरुग्वेलाई हराउँदै लगातार चौथो जित

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:५४ मा प्रकाशित

फिफा विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी समुहको छनोट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।आज बिहान भएको खेलमा ब्राजिल २–० ले विजयी भयो । ब्राजिलका लागि अर्थर र रिचार्लीसनले एक एक गोल गरे । दोस्रो हाफमा एडिन्सन काभानीले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको उरुग्वे खेलमा फर्कन सकेन ।

जारी विश्वकप छनौटमा ब्राजिलको यो लगातार चौथो जित हो । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित गर्यो । यसैगरी भेनेजुएलाले चिलीलाई २–१ ले हराउँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् ।

आज बिहानका खेलहरुपछि दक्षिण अमेरिकी समुहको छनौटमा ४ खेलबाट १२ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने तेस्रो स्थानको इक्वेडरको ९ अंक छ ।

प्रतिक्रिया