अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

प्रिमियर लिग– लेष्टर सिटी र फुल्हम विजयी

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:४५ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित गरेको छ । लेष्टरको जितमा बेल्जीयमका खेलाडी युरी टिलेमन्सले दुई गोल गर्दा हार्भे बार्न्स र जेमी भार्डीले एक एक गोल गरेका थिए । पराजित टोली लिड्सका स्टुवार्ट डालसले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा फुल्हमाले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा फर्किएको फुल्हमका लागि जारी लिगमा यो पहिलो जित हो । यसअघिका ६ खेलमा फुल्हमले एक बराबरी तथा ५ हार ब्यहोरेको थियो ।

प्रतिक्रिया