अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

च्याम्पियन्स लिगः चेल्सीको पहिलो जित

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:०७ मा प्रकाशित

चेल्सीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सीले गएराति भएको खेलमा एफके क्रास्नोडरलाई ४–० गोलअन्तरले पराजित गर्दै यो सिजनमा पहिलो जित दर्ता गरेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १– ० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार–चार अंक छ । उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आरबी लेइप्जिगलाई ५–० ले पराजित गर्दै लगातार जितको शृङ्खला जारी राखेको छ ।

प्रतिक्रिया