अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

इंग्लिस प्रिमियर लिग– टोटनह्याम र वेष्टह्याम युनाइटेड बराबरीमा, टोटनह्याम ८ अंकसहित शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:५६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम तीन गोलको अग्रता जोगाउन सकेन । टोटनह्यामले २० मिनेट भित्र नै ३ गोल गरेको थियो । खेलको पहिलो मिनेटमा नै सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनायो । उनले हेरी केनको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि आठौं मिनेटमा केनले सनको पासमा टिमको अन्तर दुई शुन्यमा पुर्याए । १० मिनेट भित्र नै दुई गोल गरेको टोटनह्यामले १६ औं मिनेटमा तेस्रो गोल थप्यो । यसपटक पनि केनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा पनि आक्रामक खेल खेलेको थियो ।

५२ औं मिनेटमा हेरी केनको प्रहार पोष्टको निकै नजिकबाट बाहिरीयो । खेलको ६७ औं मिनेटमा जोजे मोउरिन्होले ग्यारेथ बेललाई मैदानमा प्रवेश गराएका थिए ।उनले दोस्रो पटक प्रिमियर लिगमा डेब्यु गर्ने मौका पाए । उनी मैदान प्रवेश गरेको केहि मिनेटमा टोटनह्यामले अर्को मौका पाएको थियो ।

जसमा हेरी केनको प्रहार पोष्टमा लागेर बाहिरीयो । वेष्टह्यामले अन्तिम १० मिनेटमा तीन गोल फर्कायो । खेलको ८२ औं मिनेटमा वेष्टह्यामले एक गोल फर्कायो । उसका लागि बाल्बुइनाले हुेडरबाट गोल गर्न सफल भए । जसका कारण खेल तीन एकको अवस्थामा पुग्यो । त्यसको तीन मिनेटपछि वेष्टह्यामले अर्को गोल गर्यो ।

तर यसपटक उसले उपहार गोल पायो । कोउफलको क्रसलाई क्लियर गर्ने क्रममा सान्चेजले आफ्नो पोष्टमा गोल गर्न पुगे ।जसका कारण खेल तीन दुईको अवस्थामा पुग्यो । खेल सकिने एक मिनेट बाँकी हुँदा वेष्टह्यामका लान्जिनीको गोलले खेल बराबरिमा टुंगिएको हो । जसका कारण टोटनह्यामले तीन अंक गुमाउन पुग्यो । बराबरीपछि टोटनह्यामको ८ अंक भएको छ भने वेष्टह्यामको सात अंक भएको छ ।

प्रतिक्रिया