अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

यूईएफए नेसन्स लिगः स्पेनले स्वीट्जरल्याण्डलाई पराजित गर्यो

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:३६ मा प्रकाशित

यूईएफए नेसन्स लिगको तेस्रो चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई हराएको छ ।घरेलु मैदानमा गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । खेलको १४औँ मिनेटमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो ।

गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए । जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू