अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

गजल

भुपेन्द्र महत २०७७ असोज १३ गते ७:०५ मा प्रकाशित

राखी बन्धकी यो मन खोइ कस्तो जिन्दगी बन्दै छु म
सपना किन्ने लोभमा किन आफ्नै चिहान खन्दै छु म

भोक निन्द्रा घट्दै छ परबेजमा तौली तौली खानु छ
गुमाउनु र कमाउनुको क्रम औँला भाँची भाँची गन्दै छु म

ल्याए के लैजान्छु के अनि वशमा छ मेरो के आफ्नो
एक मुठी श्वास चले सम्मको जीवन किन निफन्दै छु म

शायद एउटा पात्र अभिनय गर्दै छु जीवनका कथामा
दृष्टि भ्रम होला पात्र प्रसङ्ग परिवेश सबै मेरो भन्दै छु म