अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

गजल

भुपेन्द्र महत २०७४ माघ २९ गते २०:१० मा प्रकाशित

मुसुक्क हाँसी सोध्यौ हजुर बिचार के छ
घाइते भए, हाँसो तिम्रो अचुक तिर रे छ

मनको मझेरी टेके पछि तेरो मेरो के
तन मन धन सबै तिम्रो, म सँग जे छ

अलि पर पुगेथे, केही हराए झैँ लाग्यो
छामे मुटु,तिम्रै मुटुले ढुकढुकी ले छ

हर्षले झुम्छु, संसार भुल्छु अचेल किन
शायद तिम्रो ओठ, हाँसोको बोट भे छ

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैवले, चाइने भन्दा बढी नै दे छ