अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

गजल

भुपेन्द्र महत २०७६ फागुन १८ गते ९:५५ मा प्रकाशित

उस्तै हुन सबै खाली झन्डा र पार्टीको नाम फरक
पाप उस्तै मात्र यिनका पाप पखाल्ने धाम फरक

जय जय कार र स्तुतिमा तल्लीन छन् हुनुमानहरु
उत्तर दक्षिण कुन मोहोडाको मान्ने मात्र राम फरक

झुपडी र महलको दुरी अलग छ कि किरणहरूमा
यसैले त छ यहाँ धनी र गरिबले ओढ्ने घाम फरक

नाङ्गै आइयो गइन्छ पनि नागै आखिर बाटो नि उही
धन कमायौ कि मन हुन्छ यसैमा मलामीको लाम फरक