अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

गजल

भुपेन्द्र महत २०७३ माघ २४ गते १७:५९ मा प्रकाशित

नपालेकै जाती भ्रम ,केही बस्तैन कसैको फिक्रिमा
मान्छेनै हो परे राख्छ, भगवान् समेत बिक्रीमा

जप्छन राम कोही गर्छन् फेरि छलछाम पनि तिनै
नियती त हो मान्छेको नबाँधिन्छ बाँधेर सिक्रिमा

पढेर पनि कोही बन्छन अबुझ स्वाँठ घमन्डी यहाँ
नपसे ‘छी ज्ञान बुद्धि सकिन्न हाल्न विवेक डिग्रीमा

मतलबी छ यो दुनियाँ बिना स्वार्थ हुन्न केही पनि
लेनदेनको कुरा त उठछ भन्छन् यारी दोस्ती जिक्रिमा