अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

बिआरटीनेपाल २०७७ असोज ५ गते ३:१८ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी गराउन दुबै गोल सादियो मानेले गरे ।

पहिलो हाफमै चेल्सीका डिफेन्डर क्रिश्चियनसन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । हारसँगै चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगमा धक्का लाग्दा साविक विजेता लिभरपुलले दुई खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्प्टनलाई ५–२ ले हरायो । टोटनह्यामको जितमा कोरियन खेलाडी हिउङ मिन सन एक्लैले ४ गोल गरे । गएराती लेष्टर सिटीले बर्न्लेमाथि ४–२ को जित निकाल्दा ब्राइटनले न्युकासल युनाईटेडलाई उसैको मैदानमा ३–० ले पाखा लगायो । इंग्लीश प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् ।

मध्यराती म्यान्चेस्टर सिटीले सिजनको पहिलो खेलमा वुल्भरह्याम्पटन वान्डरर्सको सामना गर्दा एस्टन भिल्ला र शेफिल्ड युनाईटेड भिड्नेछन् ।

प्रतिक्रिया