अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा जारी

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४३ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा अहिले जारी छ । कोराना भाइरसको महामारीका कारण फिफाको बैठक भर्चुअल माध्यमबाट गरिएको छ । फिफाको इतिहासमा पहिलो पटक भर्चुअल माध्यममार्फत साधारणसभा भएको हो ।

नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने सात बजेबाट सुरु भएको बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र अब चाल्नुपर्ने कदमका बारेमा छलफल चलिरहेको छ । साधारणसभामा विश्वभरका फिफाका सदस्य देशका प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी बैठकमा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया