अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

बर्नमाउथको क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित

बिआरटीनेपाल २०७७ भदौ ३१ गते २:११ मा प्रकाशित

बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।जारी इंग्लिस फुटबल लिग कपमा खेलको निर्धारित समयमा कुनैपनि गोल नभएपछि पेनाल्टी सुटआउटमा ११–१० को गोलअन्तरले बर्नमाउथ विजयी भएको हो ।

त्यसअघि पहिलो हाफमा साम सरिजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए । बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

प्रतिक्रिया