अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलकाे सानदार सुरुवात

बिआरटीनेपाल २०७७ भदौ २७ गते २१:४२ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४- ३ गोलले हराएकाे छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन  ।

यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक/एक गोल फर्काए । लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।

तर लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको पासलाई ज्याक ह्यारिसनले गोल गर्दै बराबरीमा पुर्याए । लिभरपुलले २० औं मिनेटमा नै अग्रता बनायो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको हेडर किप्पर इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्सकस बामफर्डले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसको तीन मिनेटमै लिभरपुलले फेरि खेलमा अग्रता लियो । मोहमद सलाहले फेरि गोल गरे । खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथो पटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

प्रतिक्रिया