अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

सेरेना विलियम्सलाई स्तब्ध पारेर भिक्टोरिया अजारेन्का युएस ओपनको फाइनलमा

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२७ मा प्रकाशित

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि जित्ने सेरेना विलियम्सको सपना तत्कालका लागि टुटेको छ।युएस ओपन टेनिस अन्तर्गत भएको महिला एक तर्फको सेमिफाइनलमा अमेरिकी सेरेना चिर प्रतिद्धन्द्धी भिक्टोरिया अजारेन्कासँग पराजित भएकी छन् ।

पूर्व विश्व नम्बर एक भिक्टोरिया पहिलो सेटमा पछि परेकी थिइन्, तर त्यसपछिका सेटमा जित निकालेर उनी फाइनलमा पुगेकी हुन् ।भिक्टोरियाले सेरेनालाई १ ६, ६ ३ र ६ ३ को सेटमा पराजित गरेकी हुन् । बेलारुसकी भिक्टोरियाले उपाधिका लागि सन् २०१८ कि विजेता जापानी खेलाडी नाओमी ओशाकासँग प्रतिस्पर्धा गर्ने छिन् ।

दुई पटककी अस्ट्रेलियन ओपन टेनिस विजेता भिक्टोरियाले सन् २०१३ पछि पहिलो पटक खेलेको ग्राण्ड सलामको सेमिफाइनलमा जित निकालेकी हुन् ।

प्रतिक्रिया