अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

इटाली र बोस्निया बराबरीमा, नेदरल्याण्ड्सले पोल्याण्डलाई हरायो

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:५२ मा प्रकाशित

नेशन्स लिगमा इट्लीले बराबरी खेल्दा नेदरल्याण्ड्स बिजयी भएको छ ।युएफा नेशन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि एक शुन्यको जित निकाल्दा इट्ली बोस्निया हर्जगोविनासँग एक एक गोलको बराबरीमा रोकियो ।

लिग ए अन्तर्गत भएको खेलमा नेदरल्याण्ड्सको जितमा बेर्गविज्नले गरेको एकमात्र गोल निर्णायक बन्यो । यस्तै अर्को खेलमा इट्लीले बोस्नियाँसँग बराबरीमा चित्त बुझायो । अन्य खेलमा रोमानियाले नर्दन आयरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकेको छ ।

स्कटल्याण्ड पनि इजरायलसँग एक एक गोलको बराबरीमा रोकियो । कजाकस्तानले लिथुवानियालाई दुई शुन्यले हराउँदा अल्बानियाले बेलारुसलाई दुई शुन्यले पराजित गर्यो । यस्तै अष्ट्रियाले नर्वेलाई दुई एकले पराजित गर्दा चेक गणतन्त्रले स्लोभाकियालाई तीन एकले हरायो ।

 

प्रतिक्रिया