अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

च्याम्पियनसिप प्ले– अफ फाइनलमा फुलह्यामको जित, इंग्लिस प्रिमियर लिगमा बढुवा

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:४६ मा प्रकाशित

च्याम्पियनसिप प्ले(अफ फाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरेसँगै फुलह्याम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । गएराति भएको फाइनल खेलमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो ।उसले अतिरिक्त समयमा २ गोल गरपछि माथिल्लो लिगको लागि बाटो खोलेको हो ।

खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि समय थपिएको थियो । ब्रेन्टफोर्डले पनि थपिएकै समयमा एक गोल गरेको हो । फुलह्यामका लागि १०५ र ११७ औँ मिनेटमा जो ब्रायनले गोल गरे। ब्रेन्टफोर्डका लागि अतिरिक्त समयको इन्जुरी टाइमको चौथो मिनेटमा डाल्सगार्डले गोल गरेका थिए ।

प्रतिक्रिया