अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

‘राखेप’ सदस्यसचिवमा फेरि रमेश सिलवाल

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:३४ मा प्रकाशित

रमेशकुमार सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्न सफल हुनुभएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिलवाललाई सदस्यसचिवमा पुनः नियुक्त गरेको हो ।गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लाागि सिलवाललाई सदस्यसचिव नियुक्त गर्नुभएको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐनअनुसार उहाँसहितको राखेप बोर्ड गत असार १७ गते पदमुक्त भएको थियो ।पहिलोपटक २७ जनाले सदस्यसचिवका लागि आवेदन दिएकामा छनोट समितिले सिलवाल, नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा र पूर्वराष्ट्रिय भलिबल खेलाडी अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । तीनमध्ये मन्त्रिपरिषद्ले सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषद्ले उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ । निवर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिना भने फालिनुभएको छ ।

प्रतिक्रिया