अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन ३ गते ६:३४ मा प्रकाशित

सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ ।जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।

कोरोना भाईरसको कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया