अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

प्रिमियर लिग फुटवल– ब्राइटनद्वारा आर्सनल पराजित, लेष्टर सिटी र वाट्फोर्डले खेले बराबरी

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५७ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग ३–० ले हारेको आर्सनल दोस्रो खेलमा गएराति ब्राइटनसँग २–१ ले पराजित भयो । ब्राइटनको मैदानमा भएको खेलमा आर्सनलका निकोलस पेपेले पहिलो गोल गरे । तर, खेलको अन्तिम १५ मिनेटमा ब्राइटनले २ गोल गर्यो । उसका लागि लेविस डंक र निल मौपेले एक एक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा लेष्टर सिटी र वाट्फोर्डले १–१ गोलको बराबरी खेल्दा वुल्भरह्याम्प्टन वान्डरर्सले वेष्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ । प्रिमियर लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हरायो ।

यसैबीच प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । आज शीर्ष स्थानको लिभरपुलले एभर्टनसँग खेल्दा चेल्सी र एस्टन भिल्ला तथा न्युकासल युनाईटेड र सेफिल्ड युनाइटेड भिड्नेछन् ।

प्रतिक्रिया