अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:२२ मा प्रकाशित

जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत गए राति बायर्नले बोरुसिया डर्टमण्डलाई १ ० गोल अन्तरले पराजित गरेको हो ।

उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले निर्णायक गोल गर्नुभएको थियो । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल बायर्नको जितमा निर्णायक बनेको थियो । बार्यनले लगातार आठौं पटक बुन्डेसलिगाको उपाधिको सम्भावना बलियो पारेको हो ।

प्रतिक्रिया