अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

नबनौँ ढुङ्गा माटो

रन्जु मार्ग २०७७ जेठ ११ गते २२:०१ मा प्रकाशित

गीत :

पुकार्ने कसलाईअब यो देशको धान्न लाज
देखिन्छन् जताततै स्वार्थी र भ्रष्ट समाज।

बोकेर ढक-तराजु तौलिंछ्न रगत -मासु
बाँधेरआँखामा पट्टी पिउँछन् पसिना-आँसु
फैलाई हात यहाँ छोपी दिन्छन् जून तारा
उस्तै छ चालचलन उस्तै छ कुरीति सारा।।

बोल्छन् एउटा कुरा गर्छन् अर्कै काम
आँखामा धूलो हाल्दै भन्छन् राम -राम
खोलेर आँखा अब ब्यौझनु पर्छ सब
नबनौँ ढुङ्गा- माटा बोल्नु पर्छ अब।।