अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

सबै मिलेर कोरोना विरुद्धको लडाई सामना गर्नु पर्ने अन्तराष्ट्रिय क्रिकेट परिषदको निस्कर्ष

बिआरटीनेपाल २०७७ वैशाख १२ गते २२:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको प्रमुख कार्यकारी समितिको बैठकले कोरोना विरुद्धको लडाई सबै मिलेर सामना गर्ने निस्कर्ष निकालेको छ । कोरोना भाईरसको महामारीको कारण भिडियो फोनमार्फत बसेको बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी राष्ट्रले कोरोनाको कारण क्रिकेटमा उत्पन्न चुनौती मिलेर सामना गर्ने प्रतिवद्धता जनाएका छन् । ठुला प्रतियोगिताका विभिन्न योजनाहरुलाई भने जारी राख्ने सहमति भएको आईसीसीले जनाएको छ । जसमा पुरुष टी–ट्वान्टी विश्वकप र सन् २०२१ को महिला विश्वकप समेत रहेको छ । यस्तै कोरोनापछि क्रिकेट सुचारु गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया